नगरपालिका र सपोर्ट फाउन्डेशनबिच सम्झौता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिका र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन बीच सम्झौता भएको छ ।
सम्झौतामा उल्लेख भएअनुसार आधारभूत स्वास्थ्य केन्द्रमा १ जना चौथो तहका अनमी र १ जना अहेव गरी दुई जना स्वास्थ्यकर्मी सेवा करारमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ । पहिलो पक्ष नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापो र दोस्रो पक्ष इन्ट्रा नेशनल वेलफेयर एण्ड सपार्ट फाउण्डेशन अफ अमेरिकाको कार्यालय काठमाडौंका तर्फबाट राम बानियाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार