क्षयरोग स्क्रिनिङ शिविर सुरु

हसन्दह । नगरमा उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ शिविरको पथरी शनिश्चरेनगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको छ ।
हिजो पथरी शनिश्चरे वडा नं. ५ को स्वास्थ्य चौकी हसन्दहमा शिविर उद्घाटनमा वडा नं. ५ का वडाध्यक्ष चेतन खड्का, क्षयरोग मुक्त नेपाल अभियान पथरी शनिश्चरेका कार्यक्रम संयोजक मुकेश पौडेल, स्वास्थ्य अधिकृत जगत प्रसाद मगर, स्वास्थ्यकर्मी, वडावासीहरुको उपस्थिति रहेको थियो । क्षयरोग स्क्रिनिङ शिविर वैशाख २० गते वडा नं. ४ को कार्यालय र वैशाख २१ गते वडा नं. १ को आधारभूत स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने कार्य तालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार