
पथरी । कृषि शाखा, पथरी शनिश्चरे नगरपालिकाले रासायनिक मल विक्री विक्रेता केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आज नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा मल विक्री केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा छलफलसँगै अन्तरक्रिया पनि गरिएको हो । विशेतः अन्तरक्रियामा उपस्थित विक्री केन्द्रका प्रतिनिधिहरुले प्रमुख त मल नपाउने समस्या, मलको दररेट र वितरण प्रणालीमा भएका समस्याहरुका विषयमा प्रश्नहरु उठाएका छन् । अन्तरक्रियामा मलको मूल्यमा समायोजन गरिनुपर्ने, मल वितरणमा एकरुपता, अनुगमनलाई तिव्रता दिनुपर्ने लगायतकां विषयमा सुधार ल्याउनुपर्ने सुझाइएको थियो । सो अन्तरक्रियामा कृषि शाखा प्रमुख सबिना राई, कृषि अधिकृत प्रवेश ढकालको उपस्थिति रहेको थियो ।