नगर खेलकुद महोत्सव: देबीगन्ज एफसीको शानदार जित

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत भएको बिहिवारको खेलमा देवीगञ्ज एफसीले शानदार जितेको छ ।

पुलचोक एफसीलाई ५-१ को अन्तरले विजयी बन्यो । सुरुवातमा देबिगन्जका राजन धिमालले २१ औं मिनेटमा गोल गरे । दोश्रो हापको  ४१ र ६५ औं मिनेटमा मिक्सेन दाश १/१ गोल गरे । ४५ औं मिनेटमा भिषन राई र ५६ औं मिनेटमा सन्तोष न्यौपानेले १/१ गोल गर्न सफल भए । पुल चोकका लागि रेहमन आचार्यले खेलको ७० औं मिनेटमा सान्त्वना गोल गर्‍यो । खेल को म्यान अफ द म्याच विजयी टिमका आशिष लिम्बु घोषित भए । बाइ पाएको टिम देबिगन्च एफसी अब सुनौलो कल्याणको सामना गर्नुपर्नेछ । सो खेल बैशाख २७ गते हुनेछ ।

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगिताको फाइनल खेल बैशाख ३० गते जातेमोडमा हुनेछ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार पाउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार