
हसन्दह । पथरी शनिश्चरे वडा नं ५ का फुटबल खेलाडी हुन् सनम धिमाल । उनलाई नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाले शुक्रबार कार्वाही गरेको छ । आखिर किन कार्वाहीमा परे त?
पथरी शनिश्चरे नगरपालिकामा जारी खेलकुद महोत्सबको फुटबल प्रतियोगितामा सनम धिमाल अनुबन्धित थिए । उपाधिको दाबेदार मानिएको सिरिजङ्गा स्पोर्टिङ क्लब(पथरी शनिश्चरे-३)द्वारा धिमाल अनुबन्धित थिए । धिमाललाई क्लबले ५ हजारमा अनुबन्ध गराएको थिए । तर अनुबन्धको सर्तअनुसार धिमाल बैशाख २४ गते भएको प्रभात एसएफसीसङगको खेलमा सम्पर्कबिहीन भए । फलस्वरूप प्रभातसङ्ग सिरिजङ्गा हार्यो । खेलकुद विकास समितिका संयोजक दिपक राईद्वारा हस्ताक्षरित सूचनामा सिरिजंगा स्पोर्टिङ क्लबबाट रु ५००० लिएर अनुबन्ध भईसकेका धिमालले देविगन्ज फुटबल क्लबबाट समेत पैसा लिएर अनुबन्ध भई सम्पर्कविहिन भएको जनाईएको छ ।
नगरको खेलकुद विकास समितिलद्वारा जारी सूचनामा बैशाख २५ गते बसेको नगर खेलकुद विकास समितिको बैठकको निर्णयअनुसार धिमाललाई १ वर्षसम्म नगरभित्र सञ्चालन हुने कुनै पनि किसिमको खेलकुद गतिविधिमा सहभागी हुन नपाउने गरि निलम्बन गरिएको उल्लेख छ ।