
पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत वडा स्तरीय पुरुष भलिवल प्रतयोगिताको उपाधि वडा नं. २ ले जितेको छ । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नं. १ को भलिबल टिमलाई वडा नं. २ को भलिबल टिमले सोझो तीन वटै सेटमा पराजित गर्दै नगर च्याम्पियन बनेको हो ।
भलिबल विजेता वडा नम्बर २ ले ३१ हजार र उपविजेता वडा नम्बर १ ले २१ हजार प्राप्त गर्ने आयोजक समितिका सचिब नवीन खुलालले बताए । बैशाख २५ गतेदेखि सुरु भलिबल प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।