नगर खेलकुद महोत्सव: फुटबलतर्फ आज हुने फाइनलमा कस्ले उपाधि चुम्ला?

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल हुदैछ । प्रस्तावित रंगशाला जातेमोडमा हुने प्रतियोगिताको फाइनलमा देविगञ्ज एफसी र प्रभात एसएफसी आमुन्ने हुनेछ ।

दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनल खेलमा प्रभातले नाजरिन एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश पायो ।१० टिम सहभागी पुरुष फुटबलतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।  पथरी शनिश्चरे दोस्रो नगर खेलकुद महोत्सव अन्तर्गत भएको प्रतियोगिता नगर खेलकुद बिकास समितिले आयोजना गरेको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार