३ महिने ब्यूटी पार्लर सीप विकास तालिम

पथरी । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ब्यूटी पार्लर सीप विकास तालिमको समापन गरिएको छ ।

शुक्रबार वडा नं. ४ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो तालिमको समापन गरिएको हो । गत फागुन १४ गते ब्युटीपार्लर सिप विकास तालिमको उद्घाटन गरिएको थियो । वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी १५ जना महिलाहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । तालिम गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सिर्जनाका लागि गरिएको लघु उद्यम सहजकर्ता भगवती कट्वाल (कल्पु)ले जानकारी दिए । यही तालिम प्राप्त पश्चात् तालिममा सहभागी दुई जनाले शनिश्चरे बजारमा पार्लर सञ्चालन गर्ने जनाइएको छ ।
तालिमको सहजीकरण ब्यूटिसियन मन्दिरा घिमिरेले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य एवं कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरु मिना विश्वकर्मा, उपेन्द्र बहादुर कार्की, भक्तबहादुर राउत लगायतको उपस्थिति रहेको थियो । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम शाखाले यस किसिमको विभिन्न तालिमहरुको आयोजना गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार