नगरपालिकाले मौरी घार वितरण गर्‍यो 

पथरी । मौरी पालन सम्वन्धी एक दिने तालिम तथा मौरी सहित मौरी घार, आधार चाका र मह प्याक गर्ने बट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ नागरिक भवन पथरी शनिश्चरे ३ मा भएको सो कार्यक्रम पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मौरीपालक कृषक समूहलाई मौरीको घार, चाका र मह प्याक गर्ने बट्टा वितरण गरेका हुन् । पथरी शनिश्चरे मौरीपालक कृषक समूहबीच सामुहिक सहकारी खेती प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत व्यवसायिक मौरीपालन कार्यक्रमका लागि सो कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सविना राई बताईन् । कार्यक्रममा पथरी शनिश्चरे मौरी पालक कृषक समूहका सचिव केशव प्रसाद दाहालले यस नगरपालिकामा शुद्ध मह उत्पादन भइरहेको दाबी गरे । कार्यक्रममा पथरी शनिश्चरे मौरी पालक कृषक समूहका अध्यक्ष त्रिलोचन सापकोटा, नगरका कृषि शाखा कर्मचारीहरु प्रवेश ढकाल, टिका राई, जेष्ठ अध्यक्ष टंकप्रसाद पोखरेल, भुवनेश्वर पोखरेल, नगरका मौरीपालक कृषकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार