
पथरी । मेलमिलाप समितिलाई २ दिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा भएको पुनर्ताजगी तालिमको औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरे । न्यायिक समिति सचिवालयको आयोजनामा भएको सो तालिम २ दिनसम्म सञ्चालन हुनेछ । नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक देविमाया काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य एवं न्यायिक समिति सदस्यद्वय पदम बहादुर धिमाल र कल्पना श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तैगरी १० वटै वडाका मेलमिलाप समिति संयोजक र सदस्यहरूको पनि उपस्थिति रहेको थियो । न्यायिक समितिको सचिवालयमा कार्यरत अधिकृत झमक बहादुर भण्डारीले सञ्चालन गरेको तालिमको प्रशिक्षक अधिवक्ता दीपक कुमार राई रहेका छन् ।