बाटो नम्बरिङ गर्दै नगरपालिका

पथरी । आफ्नो क्षेत्रमा पर्ने बाटोमा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ ले नम्बरिङ गरेको छ ।
आजबाट ३५ वटा बाटो नम्बरिङ बोर्ड बनाई सहिद रत्नकुमार वान्तवा बाटोलाई आधार मानेर वन क्षेत्र सहित वडाको पथरी खोलाबाट सुन्झोडा खोलासम्मको बाटोहरूमा नम्बरिङ कार्य सम्पन्न गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिए । वडा नं. २ को बाटोहरूको सम्पूर्ण तथ्याङ्क राख्न र यात्रुहरूको लागि सहजताको लागि वडाले कार्य गरेको वडाध्यक्ष राईले बताए । बाटो नम्बरिङ कार्यलाई वडाले आगामी वर्षहरुमा पनि निरन्तरता दिनै जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार