भाषण कला सम्बन्धी तालिम

पथरी । आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ।
पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्यमा भएको ३० जना सहभागी तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बाले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीम कुमार राई, नेपाल आदिवासी जनजाति महासङ्घ नगर अध्यक्ष देवेन्द्र वनेम,
सुनाखरी माध्यमिक विद्यालयका अध्यक्ष, प्रदिप कुमार राई, सोहि विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार राई, पथरी बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङ , नेवा देबुका नगर अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, भूजेल सेवा समाजका अध्यक्ष मिना भुजेललगायतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष भीमकुमार राईले तालिम उपलब्धिमूलक भएको बताएका छन् । समापन कार्यक्रममा उद्घोषण तालिम सिकेका समीक्षा श्रेष्ठले सञ्चालन गरिन । तालिम लिएका लक्ष्मी राई, सुजन साँबा, बिकास शेर्पा, स्वस्तिका राई, भूमिका धिमाल, मञ्जु लिम्बूले तीन दिने उद्घोषण तथा भाषण कला कार्यक्रमबाट प्राप्त अनुभव बारे बोलेका थिए । सिप सिकेका सहभागीहरुले तालिम छोटो भएपनि ज्ञान र अनुभव लिएर बोल्ने हिम्मत बढेको बताएका छन् ।
सहभागीहरुको कुरा सुनेपछि प्रमुख अतिथि भिमकुमार राईले सहभागीहरु मध्ये धेरैले सिपमा कार्यान्वयन गर्नसक्ने देखिएको बताए । कार्यक्रमका प्रमुख प्रशिक्षक लोकसागर साम्बाले कार्यक्रमबारे विचार राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार