मुन्धुमी मा चुम्लुङको प्रथम साधारणसभा: मौसमलाई नेतृत्व चयन, १८ बुद्वे घोषणापत्र सार्वजनिक

सिरिजङ्गा चोक । मुन्धुमी मा चुम्लुङको प्रथम चुनावी साधारणसभा सम्पन्न भएको छ।

पथरी शनिश्चरे ३ मोरङमा हिजो भएको सभाले मौसम लिम्बु (किसान सिङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा कुमारी आङबुहाङ, उपाध्यक्षद्वयमा कर्ण नाल्बो, गणेश लिबाङ, महासचिवमा रुक मान आङ्थुपो, सचिवमा कर्मिला आङ्देम्बे, कोषाध्यक्षमा रोसन मादेन रहेका छन् । समितिको सदस्यहरुमा मिना मादेन, गेलिमाया शेर्मा, सुस्मा लिम्बु, राम राई, बिनोद लिम्बुलगायत रहेका छन् । सुखिम भारतका सन्चमान ताम्लिङ, सिकिम सुकाङ लिम्बू र पूर्व वडा अध्यक्ष डम्बर चेम्जोङ सल्लाहकारमा चयन भएका छन् । चुम्लुङ्ले कार्य समिति निर्माणको लागि टङ्ग पराजुलीको संयोजकत्वमा निर्वाचन मण्डली बनाइएको थियो । सभामा पथरी शनिश्चरे नगरपालिका ३ नम्बर वडा अध्यक्ष बिजय लिम्बू, युमा साम्यो नेपालका अध्यक्ष लोकबहादुर साउदेनलगायतले सम्बोधन गरेका थिए । प्रथम साधारणसभाले १८ बुद्वे घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा के छ?

#संगठनलाई टोल स्तर पुर्‍याउन विभिन्न कार्यक्रम तयार गर्ने ।
#सांस्कृतिक कार्यक्रम सहितको १ महिने धार्मिक प्रचारप्रसार विभिन्न जिल्लामा गर्ने ।
#मुन्धुमी धर्म बारे गोष्ठी अन्तरक्रिया प्रमुख एजेन्डा बनाउने ।
#भौतिक संरचनालाई थप्न काठको पिङ, चिन्डो, तीन चुला, ढुङे पर्खाल सहितको बाटो, ऐतिहासिक मुन्धुमी हिम, च्याब्रुङ लगायत अन्य संरचनाको निर्माण गर्ने।
#वार्षिक कार्यक्रम चासोक र येलेमेला लाई वृहत कार्यक्रम गर्ने।
#येलेमेला ३ दिनबाट थप २ दिन थप्दै ५ दिन बनाउने।
#मुन्धुमी धार्मिक अनुयायीमा अनिवार्य मुन्धुमी झन्डा घरमा गाड्ने।
#२०८० साल फागुन २२ गतेको संरक्षकको तर्पबाट मुन्धुमी जीवन दर्शन प्रस्तुत भएकोलाई व्यापक प्रचारमा गर्ने/गराउने ।
#मुन्धुमी धर्मको प्रतिवद्दता सहितको मिम गर्ने/गराउने ।
#सांस्कृतिक कार्यक्रममा कलाकार भन्दा मौलिक कार्यक्रम साकेला, सेलो, हुर्रा, ढङढङ्गे जस्ता झाँकी प्रर्दशन लाई प्राथमिकता दिने।
#येले सिङ्गिङ आइडल लाई निरन्तरता दिने।
#खेलकुदमा पानी दौडलाई प्राथमिकता राख्ने।
#अन्य अतिरिक्त खेलकुदलाई निरन्तरता दिने।
#तङ्सिङ कार्यक्रम समय अनुकुल १ दिन अनिवार्य गर्ने।
#माघ १२ गते साँझ १२ बजे घर–घरमा दिपावली साँझ उत्सव मनाउने।
#धार्मिक नियम संस्कारको छुट्टै विधिविधान सहितको मुन्धुमलाई पुस्तकमा निकाल्न प्रयास गर्ने।
#मुन्धुमी पात्रोलाई निरन्तरता दिने।
#वार्षिक रुपमा गरिने केन्द्रीय कार्यक्रम चासोक, येले मेला, युमाङ लगायत सम्पूर्ण कार्यक्रम मुन्धुमी मा चुम्लुङले गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार