पथरी । पथरी नगर अस्पतालमा एकीकृत प्रजनन रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ ।
शनिबार स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सो शिविरको समापन भएको हो ।
सो शिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निः सन्तानको स्क्रिनिङ तथा व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध गराइएको थियो । तालिम असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको शिविरमा स्वास्थ्य कार्यालय मोरङ प.हे.न. अधिकृत मिलन घिमिरे, सुन्दरहरैचा अस्पतालमा एम.जी.जी.पी. विशेषज्ञ डा. विशाल चन्दू सुवेदी, कोशी अस्पताल विराटनगरका ममता श्रेष्ठ र मोरङ जिल्लाका विभिन्न पालिकाबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी शिविरको समापन कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगर अस्पतालका सि.अ.हे.व. अधिकृत याम खड्का, स्वास्थय कार्यालय मोरङको प.हेन. अधिकृत मिलन घिमिरे लगायतले मन्तव्य राखेका छन् । ३ दिनसम्म सञ्चालन भएको सो शिविरमा जनस्वास्थ्य कार्यालय मोरङ प.हे.न. अधिकृत मिलन घिमिरेले शिविरको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन् ।


93 पटक हेरिएको 




