पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिए

पथरी ।  मोरङको पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिएको छ । अस्पतालले ११ करोड ७९ हजार २ सय ४९ आय, १० करोड ४ लाख ४१ हजार ५ सय ६५ खर्च गरेको छ । अस्पतालको वार्षिकोत्सबको अवसरमा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ आम्दानी गर्न सफल भएको बताएका छन् ।

पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा अवस्थित नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राखेका थिए । नगर उप–प्रमुख देविमाया काफ्ले, पञ्चायत माविको वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राईले शुभकामना मन्तव्य राखेका छन् । वार्षिकोत्सवको अवसरमा अस्पताल कार्यरत उत्कृष्ट कर्मचारी एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद रु. १० हजार पुरस्कार सहित सम्मान गरिएको छ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेडिकल सुपरीटेन्डेन डा. रवि कुमार साहलाई पथरी नगर अस्पताललाई पुर्‍याउनु भएको अतुलनीय योगदाको कदर गर्दै सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो अस्पतालमा कार्यरत रही अन्यत्र सरुवा भई जाने कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो ।अस्पतालमा
६४ जना कर्मचारी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार