पथरी। न्यू प्यागोडा इङलिस बोडिङ स्कुल पथरी शनिश्चरे नगरपालिका १ मोरङले मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
आज साउन १३ गते मङगलबार विद्यालयको एसेअम्ली समयमा मायाको चिनो, खदा र नगद पुरस्कारले सम्मान गरेको हो ।
न्यू प्यागोडाबाट कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरी बाहिरीएकी रिजु भट्टराईलाई विद्यालयका प्रीन्सीपल उद्वव निरौला र सस्थापक निर्देशक टीका प्रसाद दङ्गाल, ब्यवस्थापक दुर्गा सुवेदी दङ्गालले संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईले १६ मिनेटसम्म आफुले न्यू प्यागोडा अध्यायन ताकाको कुरा स्मरण गरिन ।


51 पटक हेरिएको 












