पहिचान पत्रकारिता पुरस्कार लावती र तामाङलाई

धरान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)प्रदेश समितिले सस्थाको २६ औं स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत गरिएको हो ।लावती लिम्बुवान खबर डटकमका प्रवन्ध निर्देशक/प्रधान सम्पादक हुन् भने तामाङ रेडियो/ टेलिभिजनमा आवद्ध छिन् । १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार फोनिजले विगत ३ वर्षदेखि स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ । सोही कार्यक्रममा फोनिज, राई पत्रकार र लिम्बू पत्रकार संघमा हालै निर्वाचित पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार