देबीबहादुर निङ्लेकु(प्रताप)
ललितपुर । ३१ औ विश्व आदिवासी दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङले `नेपालमा आदिवासी अधिकार र संस्था ऐनको आवश्यकता´ विषयमा छलफल गरेको छ ।
शनिबार ललितपुर चुम्लुङ हिममा राजनीति दलका प्रतिनिधिसहित छलफल भएको हो । नेपाली काङ्ग्रेकी सीता गुरुङ, नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती, जनता समाजबादी पार्टी नेपालका रकम चेम्जोङ, जनता समाजबादी पार्टीकी सुशीला श्रेष्ठ, किरात राई यायोख्खाका जनक राईलगायतले छलफलमा सहभागिता जनाएका छन् । कार्यक्रम औचित्य बारेमा चुम्लुङ अध्यक्ष प्रेम येक्तेनले प्रस्टाए ।


48 पटक हेरिएको 








