काठमाडौ । गृह मन्त्रालयले कोशीका ३ स्थानसहित २३ ठाउँमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ ।
इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग, इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग र इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगामा कार्यालय थप्न प्रक्रिया अघि बढाइएको हो ।मन्त्रालयले सचिवस्तरको निर्णयबाट २०८१ पुस ५ गते संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेशगर्न कार्यदल बनाएको थियो । सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो ।


41 पटक हेरिएको 












