सहलेश गोल्डकपको सेमिफाइनलमा 

मोरङ । सहलेश युथ क्लब, सिरहा बुधबार बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी क्वाटर फाईनल खेलमा
चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुरलाई १-३ गाेल अन्तरले जित हासिल गरेको हो । मध्यान्तर अघिकाे २५ ओै मिनेटमा चर्च ब्वाईजका जर्सि नम्बर ९ का आकाश राईले गाेल गर्दै टिमलाई अग्रता दिलाए । खेलकाे ३७ ओै मिनेटमा सहलेशका १७ नम्बरका आदित्य शाक्यले गाेल गर्दै बराबरीकाे स्थितिमा पुऱ्याए । मध्यान्तर पछिकाे ४ मिनेटमा सहलेशका जर्सि नम्बर ८ का जय गुरुङले गाेल गर्दै टिमलाई अग्रता दिलाए । खेलकाे १३ ओै मिनेटमा १७ नम्बरका आदित्य शाक्यले गाेल गर्दै टिमलाई १-३ काे स्थितिमा पुर्याए ।
आजकाे विजेता टाेलिले सेमिफाईनलमा भाेजपुर फुटबल संघ, भाेजपुरसँग असाेज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।
खेलकाे म्यान अफ द म्याच सहलेशका जर्सि नम्बर १७ का आदित्य शाक्य घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
भाेलिकाे पहिलाे सेमिफाईनल खेल आयाेजक एल.एक्स. फुटबल क्लब, लक्ष्मीमार्ग र बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डाै बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार