पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत सोमबार भएको खेल पाँचथर फुटबल क्लब(फिदिम)ले जित्यो । संकटा फुटबल क्लब (काठमाडौं)लाई १-० गोल अन्तरले पाँचथर फुटबल क्लब(फिदिम) अन्तिम चार पुग्यो। पाँचथरका लागि पहिलो हाफमा विशाल ग्लानले गोल गरे । सोही गोल निर्णय बन्न पुग्यो। अब पाँचथरले जितको लागि सलहेश युवा क्लब सिरहासङ्ग संघर्ष गर्नुपर्नेछ । सो खेल कार्तिक १९ गते बुधबार हुनेछ । रोचक कुरो के छ पहिलो पथरी शनिश्चरे गोल्डकपको विजेता बृग्रेड व्याइज र उपविजेता संकटा दुबै टिम बाहिरिएको छ ।
भोलिको चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच हुनेछ । ८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ।
पथरीको जातेमोडमा भइरहेको खेलको टिकटदर १ सय र २ सय रहेको आयोजक पथरी ११ फुटबल क्लबले जनाएको छ ।


19 पटक हेरिएको 












