पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत मङ्गलबार भएको खेल एनआरटी फुटबल क्लब (काठमाडौं)ले जितेको छ। गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा स्पर्धी टिम झापा ११ फुटबल क्लब झापालाई पराजित भयो । निर्धारित समयमा गोलरहित भएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा झापाले २ गोल र काठमाडौले ४ गोल गर्यो । झापाका नवयुग श्रेष्ठ र पुजन श्रेष्ठको गोल सेभ भयो भने प्रतीक बुढाथोकी र पेमा तामाङले गोल गर्न सफल भए । काठमाडौका सरोज घिसिङ, सनम लिम्बू, रोहन खडकी र आकाश राईले जाली चुमाए भने आसिम राईले गोल गर्न सफल भएन । जितसङ्गै काठमाडौले अब आयोजक पथरी ११ फुटबल क्लबसङ्गको भेट पक्का गरेको छ । कार्तिक २० गते हुने सो दोस्रो सेमिफाइनल खेल जातेमोडको खेल मैदानमा हुनेछ ।
भोलिको खेल सलहेश युवा क्लब सिरहा र पाँचथर क्लब फिदिमबिच हुनेछ । ८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ।


19 पटक हेरिएको 












