दोस्रो पथरी शनिश्चरे गोल्डकप: एनआरटीमाथि पथरी ११ को जित

पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत  भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले जितेको छ।

बिहीवार भएको घरेलुु मैदानमा न्युरो टिम एनआरटी फुटबल क्लब काठमाडौ १-० गोल अन्तरले आयोजक उपाधि नजिक पुग्यो । खेलको पहिलो हाफमा सौर्य राउतले गोल गर्दै टिमलाई अग्रता मात्रै दिलाएनन आफ्नो टिमलाई जित पनि दिलाए । अत्यन्तै प्रतिस्पर्धापुर्ण भएको खेलको अतिरिक्त समयमा रेट कार्ड पाएर एनआरटीका बिबेक गुरुङ बाहिरिएका थिए ।

अब आयोजक, सलहेश युवा क्लब सिरहासङ्ग विजयको लागि आमुन्नेसामुन्ने हुनेछ । फाइनल खेल कार्तिक २२ गते हुनेछ । ८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। गत कार्तिक १५ गतेदेखि सुरु गोल्डकप जातेमोड पथरीमा भइरहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार