ललितपुर । फक्ताङ्लुङ सयङ्ले फक्ताङ्लुङ संगीत श्रष्टा सम्मान २०८२ को आयोजना गरेको छ।
कार्यक्रममा फेदापहाङ द्वितीय भगत सुब्बालाई सम्मान गरिएको थियो । सम्मानित सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष गोबिन्द आङ्बुङ्ले सम्मान पत्र प्रदान गरेका थिए ।
आज ललितपुरमा सयङ्ले सम्मान कार्यक्रमको आयोजना गरेको हो । सयङ्का अध्यक्ष मोहन माबोको अध्यक्षता भएको कार्यक्रम सयङ्की महासचिव दीपा सुहाङ्ले संचालन गरिन् ।


46 पटक हेरिएको 












