निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ८२ लाभान्वित, आज पथरी शनिश्चरे ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा हुँदै 

मङ्गलबारे(हसन्दह)। प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा नि:सन्तान सम्बन्धी एकीकृत व्यवस्थापनका लागि स्वास्थ्य शिविर हिजोदेखि जारी छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र(मङ्गलबारे)देखि सुरु भएको शिविर आज पथरी शनिश्चरे ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भैरहेको छ। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेपछि शिविर सुरु भएको थियो । शिविरमा स्क्रीनिङमा आङ खस्ने सममस्या ४१ जना, प्रसब फिस्टुला २ जना, संभावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ३ जना र पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ८२ जनाको भीआईए जाँचमा एकै जना पनि पोजेटिभ नभेटिएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए । महिलाहरुमा गुप्त रोगहरु निदान भई उचित परामर्श, उपचार तथा जटिल प्रकारका समस्याहरुको सही व्यवस्थापन गरी सल्यक्रियाको लागि सवन्धित अस्पतालहरुमा निःशुल्क अपरेसन गर्ने व्यवस्थापन मिलाइएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार