पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक वर्ष २०८२ को आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार एक सामुदायिक बिद्यालय र १० सस्थागत बिद्यालयले सय प्रतिशत नतिजा ल्याउन सफल भयो । परीक्षामा सामुदायिक विद्यालयतर्फ दुर्गा आधारभूत बिद्यालय (वडा नम्बर ८)सय प्रतिशत नतिजा ल्याउन सफल भयो। ग्रेटग्रेस इङ्लिस स्कुल(वडा न.४), बालजागरण विद्या मन्दिर(वडा नम्बर १०), हसन्दह डनबस्को इङ्लिस स्कुल(वडा नम्बर ६), कंचनजंङ्गा ई.बोर्डिङ स्कुल(वडा नम्बर ६), के.वि स्मारक ई.बोर्डिङ स्कुल(वडा नम्बर १०), कीर्तिपुर एकेडेमी( वडा नम्बर ४), पेगोडा मोडल ई.बोर्डिङ स्कुल(वडा नम्बर ३), न्यू पेगोडा ई.बोर्डिङ स्कुल(वडा नम्बर १), सिद्धार्थ ई.बोर्डिङ स्कुल, सुपर्व ई.बोर्डिङ स्कुल (वडा नम्बर ४) का सबै बिद्यार्थी उत्तीर्ण भए ।
तीन जनाले ४ जीपीए ल्याए
परीक्षामा वाल्मीकि बोर्डिङ स्कुल(वडा नम्बर २)का २ जना र एभरेष्ट ई.बोडिङ् स्कुल(वडा नम्बर १) का १ जनाले ४ जीपीए ल्याएका छन् । नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी ८३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल १,४९६ विद्यार्थीले परीक्षा आवेदन फाराम भरे पनि १४ सय ८२ जना मात्र परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये १२ सय ३२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १३ जना विद्यार्थी अनुपस्थित भएका छन् ।


28 पटक हेरिएको 





