वारिष्टा सिप तालिमको उद्घाटन

पथरी । लघु उद्यम विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा वारिष्टा सिप तालिम सुरू भएको छ ।
बुधबार नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । उद्घाटन पश्चात् उप–प्रमुख काफ्लेले तालिममा सहभागीहरुलाई पूरा दिन उपस्थित भएर तालिम लिई स्वरोजगार हुन अनुरोध गरिन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडःपा) अन्तर्गत असार ३ गतेसम्म सञ्चालन हुने वारिष्ट सिप तालिमको सहजीकरण योगेन्द्र राना मगरले गर्नेछन् । कार्यक्रममा वडा नं. ७ वडाध्यक्ष एवं लघु उद्यम विकास समितिका सदस्य उद्धवराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले शुभकामना मन्तव्य राखेका छन् । कार्यक्रममा लघु उद्यम सहजकर्ता भगवती कटुवाल (कल्पु), वडा नं. १० का वडा सदस्य तथा कार्यपालिका सदस्य मिना तामाङ उपस्थिति रहेको थियो । वडा नं. १० का २० जना युवाहरुले तालिममा सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार