पथरी । पथरी शनिश्चरे नगरपालिकामा उत्तर प्रसूति घरभेट (पी.एन.सी. होम भिजिट) कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नगरका स्वास्थ्य अधिकृत एकराज खत्रीको अध्यक्षता र विष्लेषणमा सो कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरिएको हो । नगरका स्वास्थ्य शाखाकी सिनियर अनमी तुलसा लकान्द्रीले सञ्चालन गरिएको कार्यक्रममा नगर अस्पताल, हसन्दह स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका अनमी तथा सिनियर अनमीहरुको सहभागिता रहेको थियो।


11 पटक हेरिएको 






