एडभान्स ब्युटी पार्लर तालिम सुरू

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा एडभान्स ब्युटी पार्लर तालिमको उद्घाटन भएको छ ।
वडाध्यक्ष लोककिरण न्यौपानेको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडःपा) अन्तर्गत ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सुरु भएको हो । वडा नं. ४ का बेसिक तालिम लिएका महिला उद्यमीहरुको लागि यो एडभान्स ब्युटी पार्लर तालिमको आयोजना गरिएको लघु उद्यम सहजकर्ता भगवती कटुवालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार