नगरमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम

पथरी । सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ ।

शनिबार एभरेष्ट आमाविको सभाहलमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो कार्यक्रममा स्व. दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त सम्मान गरेको छ ।
स्व. तिम्सिनाकी धर्मपत्नी लीलादेवी निरौला ‘दुर्गा’लाई एक भव्य कार्यक्रमका बीच सम्मानित गरिएको हो ।
प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वाम्पो र वरिष्ठ साहित्यकार मनु मञ्जिलले दोसल्ला ओढाएर २५ हजार रुपैयाँ नगद सहित स्व. लेखक दिपेन्द्र राज तिम्सिनाको अर्धकध तस्वीर र सम्मान पत्रले सम्मानित गरिएको थियो ।
कला साहित्य प्रवर्धन समितिका अध्यक्ष धनराज राई ‘अमिर’को अध्यक्षतामा भएको कार्यक्रममा सुमन बरालको परिकल्पना र जीवन बरालद्वारा निर्देशित ‘छोरी मान्छे भएर’ शीर्षकको नाटक प्रहसन गरिएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले ‘भाषा कला साहित्य मानव अङ्गको रूपमा रहेकोले तिनको संरक्षण गर्न र प्रवद्र्धन गर्न नगरपालिका सदैव तयार रहेको’ उल्लेख गरे । साहित्यकार मनु मञ्जिलले साहित्य, कला, संगीत चित्रकला जस्ता विधामा मानवीय करुणा र संवेदनशीलता भरिएको हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले कविता, गीत, गजल, गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । साहित्यकार धनकुटे कान्छा, बलेिभद्र कोइराला, रोहित पराई, राजेन्द्र विवस, रेखा सुवेदी लगायतले सुन्दर रचनाहरू वाचन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार