पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ कार्यालयले ग्राभेल तथा स्तरोन्नति शीर्षक अन्तर्गत विभिन्न सडकहरूको मर्मत् तथा सुधार कार्य सम्पन्न गरेको छ ।
मंगलबार वडाभित्रका लामाटोली–छिमेकी लाइन सडक, सम्झना चोकबाट लामाटोली जाने भित्री सडक तथा तामाङ संस्कृति भवन जाने सडकमा ग्राभेल बिछ्याउने र स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिएको वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए ।
वडा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटमार्फत उक्त कार्य सम्पन्न गरिएको हो। सडक मर्मत तथा स्तरोन्नतिपछि स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र वर्षायाममा हुने सास्ती कम हुने अपेक्षा गरिएको वडाले जनाएको छ । वडाले आगामी दिनमा पनि आवश्यकताका आधारमा पूर्वाधार विकास तथा सडक सुधारका कार्यलाई निरन्तरता दिने जनाएको छ ।


18 पटक हेरिएको 




