मोरङको बेलबारी–३, मैनावारी निवासी ११ वर्षीय बिरेन धिमालले धिमाल समुदायको मौलिक संस्कृति जोगाउने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।
जातिरी/सिरिजात पर्व अन्तर्गत धिमाल जातीय विकास केन्द्र धिमाल परियाेजना दस बिग्घेमा आयोजित ढोलवादन प्रतियोगितामा सहभागी भएका उनी हालसम्मकै कान्छा प्रतिस्पर्धी बन्न सफल भए । झापा, मोरङ र सुनसरीबाट आएका ४७ ढोल टोलीमध्येका एक बिरेनले डेढ घण्टासम्म ठूलो ढोल काँधमा बोकेर सुरुदेखि अन्तिमसम्म प्रतिस्पर्धा पूरा गर्दै हजारौँ दर्शकलाई चकित पारे । उनको सहभागितालाई पुस्तान्तरण र सांस्कृतिक संरक्षणको उत्कृष्ट नमूनाका रूपमा हेरिएको छ ।


20 पटक हेरिएको 




