बोक्रेचोक (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा आयोजना हुने प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिताको खेल आजदेखि सुरू हुदैछ । समूह ‘ए’ अन्तर्गत जलथल फुटबल क्लब र चिल्ड्रेन हार्ट फुटबल एकेडेमीबीच उद्घाटन खेल भइ प्रतियोगिता सुरू हुने भएको हो ।
कालापानी युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ।
सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह `ए´ अन्तर्गत मङ्सिर १४ गते धरान–११ फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, समूह ‘बी’ अन्तर्गत मङ्सिर १३ गते मोतीराम स्पोर्टिङ क्लब र छत्य सा फुटबल क्लबबीच खेल हुनेछ भने मङ्सिर १५ गते आयोजक कालापानी युनाइटेड क्लब र तालतलिया फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दुवै समूहबाट छनोट भएका टिमबीच मङ्सिर १६ गते समूह ‘ए’ को सेमिफाइनल र मङ्सिर १७ गते समूह ‘बी’ को सेमिफाइनल खेल सञ्चालन हुने तालिकामा उल्लेख छ। प्रतियोगिताको फाइनल खेल मङ्सिर १९ गते हुनेछ।‘कालापानी युनाइटेडको आह्वान, खेलकुद विकास हाम्रो अभियान’ भन्ने नारासहित २०८३ सालमा स्थापना भएको क्लबले प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।


29 पटक हेरिएको 












