प्रथम कालापानी मिनि गोल्डकप: चिल्ड्रेन हार्ट विजयी

बोक्रेचोक(पथरी)। मोरङको पथरीशनिश्चरे–२ मा शनिबारदेखि प्रथम कालापानी मिनि गोल्डकप–२०८३ सुरू भएको छ।

खेलमा चिल्ड्रेन हार्ट फुटबल एकेडेमी सुनसरीले जलथल एफसी झापालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गर्‍यो । कालापानी युनाइटेड क्लबको आयोजनामा सुरू भएको प्रतियोगितामा चिल्ड्रेन हार्टका सन्दिप श्रेष्ठले खेलको ११औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेटपछि अर्थात् १४औँ मिनेटमा विशाल आले मगरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको २१औँ मिनेटमा जलथल फुटबल क्लबका दिपक मार्डीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। निर्धारित खेलमा चिल्ड्रेन हार्टले २–१ को नतिजा आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। खेलको म्यान अफ द म्याच चिल्ड्रेन हार्ट फुटबल एकेडेमीका एकराज बिक घोषित भए।

प्रतियोगिताअन्तर्गत आइतबार मोतिराम स्पोर्टिङ क्लब विराटनगर र चात्साया दमकबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार