धनकुटा । शुक्रबारदेखि धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सव शुरु भएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको
महोत्सवको उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको विकास र गरिबी निवारण पहिलो प्राथमिकता रहेको बताए । ५ वर्षमा धनकुटा घुम्न आउने वातावरण बनाउने उनले दाबी गरे। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत १ नम्बरको आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ धनकुटामा २०६५ सालबाट महोत्सव आयोजना गर्न थालिएको हो ।
महोत्सवमा १ सय ८२ ओटा स्टल राखिएका उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी गराए । स्टलहरू मध्ये १ सय ३५ वटा कृषि प्रदर्शनी र अरू व्यापारिक स्टल रहेका छन् । महोत्सव माघ १६ गतेसम्म जारी रहनेछ ।


129 पटक हेरिएको 












