हिसान स्पोर्टस् मिटः होली चाइल्ड, मर्डन एरा र रेड स्टार कलेज विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको शनिवार भएको फुटबलमा होली चाइल्ड कलेज, मर्डन एरा कलेज र रेड स्टार कलेज विजयी भएको छ । विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले विराटनगरको विद्या भुमि कलेजलाई २–० को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । होली चाइल्डका म्यान अफ द म्याच साहिल खडका र अस्वीन राईले १–१ गोल गरे ।
दोस्रो खेलमा मेर्डन एरा कलेजले विकेभिएमm कलेजलाई ४–१ को गोल अन्तरले पराजित गदै सेमीफाइनलमा प्रवेश गरेको छ । मोर्डन एराका नविनकुमार चौधरीले २ गोल, आदेश दर्नाल र दिपक सरदारले १–१ गोर गरे भने विकेभिएमका इसान्त कालाखेतीले १ गोल फर्काए । खेलको म्यान अफ द म्याच मोर्डन एराका आलेश दर्नाल घोषित भए । तेस्रो खेलमा विराटनगरको शिक्षादीप कलेजलाई पथरीको रेड स्टार कलेजले ५–० को गोल अन्तरले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । रेड स्टारका संजोग राईले २ गोल, अविशेक तामाङ, सुरज लिम्बु र डेविड लिम्वुले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच रेड स्टारका अविशेक तामाङ घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार