भीर र रुखबाट लडेर दुई युवाको मृत्यु

पाँचथर । भीर र रुखबाट लड्दा पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ । सोमबार साझ भएको घटनामा मृत्यु हुनेमा फिदिम-१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन् ।
नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो । नेम्वाङको फिदिम ७ को नाङलापा भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो ।
कुम्मायक गाउँपालिका ३ रानिगाउँ घर भएका सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम-५ मा रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेको उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो । सम्बाहाम्फे फिदिम-५ का रामकुमार तुम्बापोको घरमा कामदारका रुपमा बस्दै आएका थिए । उनीहरूलाई पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याएर मंगलबार आफन्तलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार