पबित्रहाङमा कप: पाहुना टोली दार्जिलिङ जित्यो उपाधि

माङसेबुङ(इलाम) । पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले रक्षा गरेको छ । बुधबार भएको खेलमा उस्ले ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्‍यो । पहिलो हापमा दार्जिलिङकि सोनिया मोराकले गोल गर्दै अग्रता कायम गरिन। तर सो अग्रता दोस्रो हाप सम्म कायम रहेन । मोरङकी पुर्णिामा राई गोल गर्दै टिमलाई बराबर ल्याउन सफल भइन । त्यसपछि खेल ट्राइबेकरमा पुग्यो । ट्राइबेकरमा दार्जिलिङले ५ गोल र मोरङले ४ गोल गर्न सफल भयो ।
नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले हराउदै फाइनल यात्र तय गरेको थियो । एम एफ सी दार्जिलिङ भारतले घरेलु टिम जिल्ला खेलकुद संघ धनकुटालाई ४-१ गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो ।
खेलको विजेता दार्जिलिङले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेता मोरङले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गरेको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप आत्मानन्द रंगशालामा संचालन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार