याङवरक (पाँचथर)। कोशी प्रदेश नामाकरणको खारेजीको माग गर्दै पाँचथरको याङवरकमा स्थानीयले प्रदर्शन गरेको छ ।
मंगलबार याङवरकबासीले बिरोध र्यालीसहित थर्पु बजारमा रहेको याङवरक गाउँपालिकाको कार्यालयमा कालो झन्डा गाडेको छ । कोणसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष रामकुमार लिङ्देन् जिल्ला अध्यक्ष चन्द्र राज आङ्देम्बे र पोलिस्टार तावालगायतले सम्बोधन गरेका थिए । मञ्चका जिल्ला जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रराज आङदेम्बे, जिल्ला सचिबालय सदस्यद्धय नरेश लक्सम, कणर् काम्बाङ, किरात याक्थुङ चुम्लुङका जिल्ला सदस्य काजिमान लिम्बू, मचिन्द्र लोवा, पालिकाअध्यक्ष पोलिस्टर तावा, दिलकुमार लक्समलगायत पहिचानवादी पक्षधरहरुको उपस्थितिमा रहेको थियो ।नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।


103 पटक हेरिएको 












