खोटाङ । जिल्ला समन्वय समितिको हलमा कोशी प्रदेश नामाकरणको विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरु रिहा भएका छन् ।
खोटाङ दिक्तेलबाट शनिबार पक्राउ परेका किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युग्सन राई, सह कोसाध्यक्ष डार्बिन चाम्लिङ, जनता समाजवादी पार्टी खोटाङ जिल्ला सचिव सुनिल राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्व अध्यक्ष सप्तमनी राई दुई घण्टापछि रिहाइ भएका हुन् ।
कोशीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्य पाँचकर्ण राईको विरुद्धमा नारावाजीसहित कालो झन्डा देखाइ शान्तिपूर्ण रुपमा विरोध गर्ने क्रममा प्रदर्शनकारी पक्राउ परेका थिए । प्रदेश नंं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको घोषित कार्यक्रमअनुसार विरोध गर्ने क्रममा प्रहरीले धरपक गरेको घटनाप्रति घोर भत्र्सना गर्दै समितिले विनाशर्त तुरुन्त रिहाइ गर्नुपर्ने माग गरेको थियो ।


135 पटक हेरिएको 












