बन्यो हेवा खोलामा बेलीब्रिज

पाँचथर। गत असार ३१ गतेदेखि हेवा खोलाको पुल भत्किएपछि अवरुद्ध मेची राजमार्ग संचालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले आजबाट हेवा खोलामा बेलीबृज निर्माण सम्पन्न भइ संञ्चालनमा आएको जनाएको छ । प्रहरीले पुलको प्रयोग गर्दा एकपटकमा एउटा सवारी साधन प्रयोग गर्नुपर्ने, भारवहन क्षमता(२५ टन सम्म)  भार बहन गरि ढुवानी गर्नुपर्नेलगायत कुरामा ध्यान दिन अनुरोध गरेको छ ।

प्रहरी कार्यालयले सार्बजनिक गरेको अनुरोध के के छ त?

१) सो पुलमा आज साना सवारी साधनहरुलाइ प्राथमिकतामा राखी क्रमश पछी ठुला सवारी साधनहरु संञ्चालन गरिने भएको हुदाँ अनावश्यक रुपमा सडक जाम नगरिदिन हुन,
२) सो पुलबाट एक तर्फि मात्र सवारी आवत जावत हुने हुदाँ पालैपालो एकतर्फि(one way) र एकपटकमा एउटा मात्र सवारीसाधन आवत जावत गरी पुलको प्रयोग गर्नहुन,
३) पुलको किनारमा सुरक्षा जोखिम रहेकोहुदा पैदल भइ सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन हुन र बालबालिका तथा वृद्धलाइ एक्लै सो पुलको प्रयोग गर्न नदिनहुन,
४) बेलिब्रिजमा तोकिएको भारवहन क्षमता(२५ टन सम्म) भन्दा बढी भार बहन गरि ढुवानी गर्न नमिल्ने भएको हुदाँ तोकीएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न हुन,
५) मानिसहरुको सहज आवत जावत र सुविधाको लागि हामीले सो स्थानमा प्रहरी टोली परिचालन गरेको हुदाँ केही समस्या परे खटिएको प्रहरी तथा निम्न बमोजिमको नं मा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

प्रहरी सम्पर्क नम्बरहरु:-
प्रहरी कन्ट्रोल १००
डिउटी अफिसर ९८५२६ ८११२२
संचार ९८५२६८४४४५
सुचना अधिकारी ९८५२६६७७००
जिल्ला ट्राफिक कार्यालय ९८५२६८४७७०

जिल्ला प्रहरी कार्यालय पाँचथर, फिदिम ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको सम्पर्क नं
सुचना अधिकारी गौरब ढुङ्गेल ९८५२६७६४७६
नेपाली सेनाको सम्पर्क नम्बर
साम्दिन आर्मी क्यामबाट सहायक सेनानी मेख बिक्रम राई- ९८५६०४४०१९

सशस्त्र प्रहरी बल नेपालको सम्पर्क नम्बर
जोरसाल सशस्त्र क्यामबाट स.प्र.नि पशुपति पुरी- ९८४१८७६५५६ (सुचना अधिकारी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार