पथरी । चोरीमा संलग्न रहेको आरोपमा २ जना युवालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ ।
१९ वर्षका सुनसरी ईनरूवा नगरपालिका वडा नं.-३ निवासी अर्जुन पासवान र २९ वर्षका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.-५ घर भई हाल मोरङ बुढिगंगा गाउँपालिका वडा नं.६ निवासी धन बहादुर राई पक्राउ परेका हुन् । साउन २३ गते अन्दाजी २४:०० बजेको समयमा बुढिगंगा गाउँपालिका वडा नं.-२ स्थित पृथ्वी राज श्रेष्ठको घरबाट सुनका गरगहना, चाँदीका सिक्का लगायत नगद समेत चोरी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई पक्राउ गरेका हुन् ।
चोरीका सामानसहित पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


99 पटक हेरिएको 












