रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारण सभा

दमक(झापा)। शनिबार झापाको दमक ७ स्थित संरक्षणटोलको भवनमा रुबाई अभियन्ता सल्लाहकार याम थुलुङको प्रमुख आतिथ्यतामा रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । सभाले अध्यक्षमा राजकुमार सुब्बा अनिश्चित, उपाध्यक्षमा मुसाहाङ अम्याङ्सा, महासचिवमा विनोद राई, सचिवमा कमल मिश्र, कोषाध्यक्षमा आशा फुयल, र .सदस्यहरुमा अशोक बस्नेत, रुमानी कुलुङ, मौलश्री लिम्बू र  रचना लाओती रहेका छन् ।

अनौपचारिक रुपमा रुबाई वि.स.२०६३ सालदेखि लिएर रुबाई मञ्च नेपाल स्थापना भई औपचारिक रुपमा संस्था संगठित हुँदै आएको रुबाई मञ्चको साधारण सभामा प्रस्तुत अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र संस्थाको विनियम २०८० अनुमोदन तथा पारित गरेको छ । कार्यक्रममा कवि साहित्यकार लोकन्द्र बञ्जरा, विवश वलिभद्र कोइराला, विराट किराती, अशोक बस्नेत, कमल मिश्र, ज्योति भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार