मिक्लाजुङ । मोरङको रमितेखोला-४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३५ का सन्तोष राईको हत्यामा सङलग्न २ प्रतिवादी दशकपछि पक्राउ परेका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नं.-१ निवासीद्वय हाल बर्ष ५० को धनकुमार राई र बर्ष ७० को देवि प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो । धनलाई गत मङ्सिर २ गते र देबिलाई मङ्सिर ५ गते सुरक्षा वेस मिक्लाजुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
मृतकका भाइ सुकजित राईको जाहेरीमा मोरङ जिल्ला अदालतले कुटपिट गरि कर्तव्य गरि मारी जङ्गलमा लागेर गाडेको कसुरमा ५ वर्ष कैद सजाय ठहर गरेको थियो ।
२०६७ सालमा गरिएको फैसलापछि प्रतिवादी फरार भएका हुन् । पक्राउपछि प्रतिवादीलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको वताइएको छ । उनीहरुले २०६४ साल जेठ २० गते राती सन्तोषको हत्या गरेका थिए ।


123 पटक हेरिएको 












