माङ्सेबुङ(इलाम) । १६ औं संस्करणको आत्मानन्द कपको फाइनलमा घरेलु टिम माङ्सेबुङ प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ उपाधिको दावेदार बन्यो । घरेलु मैदानमा दर्शनको साथ पाएको माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक/एक गोलको गरे । सिरिजंगाका लागि पारस कार्कीले सान्तवना गोल फर्काए । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । माङसेबुङले पाएक्क फ्रि किकको अवसरलाई सदुपयोग गर्दै धिमालले जाली चुमाए । पहिलो हाफमा अग्रता लिएको माङसेबुङले दोस्रो हाफको चौथो मिनेटमा माङसेबुङका सक्सेस राईले गोल गरी टिमलाई अग्रता दिलाए । सिरिजंगाले ३९ औं मिनेटमा एकमात्र सान्तावना गोल फर्कायो । सिरिजंगाका पारस कार्कीले गोल गर्दै अग्रता घटाएका थिए । खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
बुधबार दोस्रो सेमिफाइनलमा तिजोक युवाक्लब पाँचथर र मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतबीच खेल हुनेछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल आइतबार हुदैछ।


125 पटक हेरिएको 












