नगर खेलकुद महोत्सव: दौडमा सरोज र जमुना प्रथम

पथरी । मिनी मेराथन दौड प्रतियोगितामा शुक्रबार सरोज सिंह र जमुना आले मगर प्रथम भएका छन् ।
पुरुषतर्फको दौडमा सिंहले निर्धारित दुरी १७ मिनेटमा पार गरेका हुन् । यस्तै सोनुप राई दोस्रो र आशिस मण्डल तेस्रो भएका छन् । राई र मण्डलले २० मिनेट र २२ मिनेटमा दुरी पूरा गरेका थिए ।
यसैगरी महिलातर्फको अंकिता राई दोस्रो र मञ्जु जिमी तेस्रो भएका छन् । मिनी मेराथनको रुड पथरी बजारबाट यलम्बर चौक, पथरी बहुमुखी क्याम्पस, जुनतारा बोडिङ स्कुल हुँदै विष्णुचौकबाट घुमेर बुद्धचौक हुँदै मन्दिर लाइनमा आएर समापन भएको थियो ।
विजताहरुलाई क्रमशः प्रथम, द्वितीय र त्रितीय हुने विजेताहरुलाई नगद ६ हजार, ४ हजार र २ हजार प्रदान माघ १५ गते गरिने आयोजन पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको सदस्य सचिव नविन खुलालले जानकारी दिए ।मिनी मेराथन दौड पथरी शनिश्चरे खेलकुद महोत्सव २०८० अन्तर्गत भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार