नगर खेलकुद महोत्सव: पीएसडब्लू एफसी विजयी

पथरी । जांते मोड पथरीमा जारी रहेको नगर खेलकुद महोत्सव अर्न्तगत महिला फुटवल प्रतियोगितामा पीएसडब्लू विजय भएको  छ।
आईतबार सम्पन्न भएको प्रतिस्पर्धामा पीएसडब्लूले राइजिङ स्टार एफसीलाई ० को विरूद्ध २ गोल गर्दैै विजय हासिल गरेको हो। दुबै गोल पहिलो हापमा लाग्यो । प्रमिला मगरले  २ मिनेटमा र निक्की लिम्बुले ८ औं मिनेटमा गर्‍यो ।  लिम्बुले प्लेन्टीमार्फत गोल गरिन ।विजयी टिमकी धन कुमारी लिम्बु “उमन अफ दि म्याच” घोषित भईन्। उनलाई नगरप्रमुख मोहनप्रसाद तुम्वापो तथा उपप्रमुख देवीमाया काफ्लेले संयुक्त रूपमा २ हजार रुपैयाँ नगद सहित ट्रफि प्रदान गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार