को हुन्, उपसभामुख पुष्पा भुसाल ?

काठमाडौं । २०७४ सालको चैत २ गते प्रतिनिधि सभाको उपसभामुखको पदमा हारेकी नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । सत्ता पक्षीय दलको १४८ मत ल्याएर भुषाल विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

तत्कालीन उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले १२ माघ २०७६ मा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबारमात्रै निर्वाचन भएको हो । सभामुख र उप सभामुख पदमा अलक अलग दल र अलग लिंगबाट प्रतिनिधित्व हुनुपर्ने कानुनी व्यवस्था छ ।

को हुन भुषाल ?

भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । उनको जन्म अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते भएको हो । उनले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी वरिष्ठ अधिवक्ता समेत हुन् । कांग्रेसको महिला विभाग, कानुन विभाग ,नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष सम्म प्रध्यापन गरेको अनुभव छ । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भइन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । उनी ५१ वर्षदेखि राजनीतिमा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार