पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल किर्तिपुर सात बाघले आफ्नो पोल्टामा पारेको छ । आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो । टस जितेर व्याटिङ गरेको रोयलले सात बाघलाई १०७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । रोयलका राज बस्नेतले २२ भूपेन्द्र राईले १९ र भानु बिकले १४ रन बनाए । किर्तिपुरका अनिश लुइटेलले ४ अस्विन महतले २ तथा रहर लामाले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच अनिश लुइटेल घोषित भए । उपाधिसङ्गै विजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी प्राप्त गर्यो । उपविजेताले ५५ हजार ५ सय ५५ मा सीमित भयो । प्रतियोगिताको बिधागत तर्फ क्लासिक एलाभेन हसन्दहका खेलाडीको आधिपत्य रह्यो । उदयीमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसन्दका सुजन खत्री घोषित हुँदा क्लासिक एलाभेन हसन्दहका सुधीर बस्नेत उदयीमान खेलाडीको ट्रफी जिते । 
विजेता र उपविजेतालाई प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, वडा नं. १ का अध्यक्ष भीमकुमार राई लगायतका अतिथिहरुले उपाधि वितरण गर्नुभएको थियो ।


139 पटक हेरिएको 











