पथरी । प्रदेश नम्बर १ को पथरी शनिश्चरेमा फुङ्नाम चेस क्लब गठन भएको छ। आइतबार भएको भेलाले वीर बहादुर जबेगूको अध्यक्षतामा १५ सदस्यीय समितिलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द नेम्बाङ, सचिबमा तुलसा नेम्बाङ,सहसचिवमा रविन्द्र आङ्देङ्बे र कोषाध्यक्षमा अर्जुन आङ्देम्बे रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा भवानी बिक्रम तुम्बापो,सुमित्रा आङ्देम्बे, सन्जय लिम्बू, देशराज तुम्बापो, पदम तुम्बापो, लक्ष्मण राई, सबिना आङ्देम्बे, बिष्णु कुमार नेम्बाङ, हेम तुम्बाहाङ्फे, बिक्रम ओख्राबू, अन्जना सुनुवार रहेका छन ।
भेलामा पथरी शनिश्चरे नगरपालिकाको निवर्तमान प्रमुख दिलिप कुमार राई, वडा नम्बर ७ का अध्यक्ष उदबराज तिम्सिना, वडा सदस्य मणि थेगिम, निवर्तमान वडा अध्यक्ष कपिलमणी ढकाल, निवर्तमान वडा सदस्य बिरोज मगर, सेवारो पोस्टका प्रधान सम्पादक फिपराज बेघा, मणि ताम्लिङलगायतले शुभकामना व्यत्त गरेका थिए । 


178 पटक हेरिएको 












